ad ad

समाज


सेती नदीले बगाएर एक जनाको मृत्यु

सेती नदीले बगाएर एक जनाको मृत्यु

फाइल।


नेपालखबर
पुस २४, २०७९ आइतबार १२:४१, काठमाडौँ

दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला गाउँ बस्ने ३३ वर्षीय तेज बिकको सेती नदीको पक्की पुल नजिक नुहाउने क्रममा नदीले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ।

नुहाउने क्रममा नदीले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले घटनास्थलबाट करिब २ सय मिटर टाढा बेहोस अवस्थामा उद्धार गरी उपचारको लागि शैलेश्वरी अस्पताल पिपल्लामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको  हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .