ad ad

राजनीति


प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की पक्का

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की पक्का

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०७९ आइतबार १२:५१, विराटनगर

प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ। 

सत्तारुढ गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई आगामी मुख्यमन्त्रीका लागि अघि सार्ने तयारी गरिएको हो। 

उनीहरुले आइतवारै प्रदेश प्रमुखसामू कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै जनाएका छन्।

'एमाले संस्दीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रुपमा नियुक्त गर्न प्रदेश प्रमुखसामु दाबी पेश गर्दैछौँ’, एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘गठबन्धनका सबै दलहरुसहित जानेछौँ।’ 

माओवादी केन्द्रका नेता गणेश उप्रेतीले सत्तारुढ गठबन्धनभित्र एमाले संसदीय दलका नेतालाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने कुरा आए पनि अनुमोदन गर्न बाँकी रहेको बताए।

उनले अहिले दलको बैठक बसिरहेकाले त्यसपछि मात्रै आधिकारिक निर्णय हुने बताए। यसअघि प्रदेश १ को मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका थिए।

एमालेले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो। माओवादी केन्द्रले संसदीय दलका नेता रहेका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका प्रस्तुत गरेको थियो।

प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका कार्की झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित  भएका थिए।

उनी  एमाले स्थायी कमिटी सदस्य हुन्।  अध्यक्ष केपी शर्मा ओलीका बिश्वास पात्र मानिन्छन्।

पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए।

९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। 

केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।

प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .