गैंडाकोट नगरपालिका–१२ सुन्दरी चोक मठकुरी सालघारीस्थित सडकमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको ज्यान गएको छ।
सूर्योदय बोर्डिङ स्कुलको ग.१ क २७५७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने राजु चुनी मगरकी ३ वर्षीया छोरी साइराको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।
बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया