ad ad

समाज


अपराध अनुसन्धान र काठमाडौं प्रहरी प्रमुख ६ महिनामै फेरिए

रवि गृहमा आउनेबित्तिकै तोड्न थाले संगठनको नियम
अपराध अनुसन्धान र काठमाडौं प्रहरी प्रमुख ६ महिनामै फेरिए

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार ११:२५, काठमाडौँ

गृहमन्त्री रवि लामिछानेले सुरुदेखि नै सुरक्षा संगठन आदेश भन्दा पनि नियममा चलाउने बताउँदै आएका छन्। 

तर उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेको १५ दिनमै सुरक्षा संगठनमा नियम तोड्न थालेका छन्। 

रविकै निर्देशनममा काठमाडौं प्रहरी प्रमुखसहित प्रहरी अधिकारीहरुलाई ६ महिनामै सरुवा गरिएको छ। 

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी भरतबहादुर बोहरालाई बिहीबार काज सरुवा गरिएको छ। 

यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराई पनि सरुवा भएका छन्। उनी पनि ६ महिना पहिले मात्रै अनुसन्धान कार्यालयमा गएका थिए। 

जनक भट्टराई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा भएका छन्। 

अपराध अनुसन्धान कार्यालयमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत मनोजकुमार केसीलाई सरुवा गरिएको छ। 

काठमाडौं प्रमुखमा आएका दानबहादुर कार्की प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए। 

प्रहरी संगठनमा सामान्यतः एक वर्षसम्म एउटा जिम्मेवारीमा रहने प्रचलन छ। एक वर्षपहिले नै सरुवा गर्नु सामान्य मानिँदैन। बिना कारण एक वर्ष पहिले सरुवा गरिनुलाई प्रहरीभित्रै पनि अन्यथा लिइन्छ। 

तर मानवबेचविखन व्युरोका अनुराग कुमार द्विवेदी पनि ६ महिनामै सरुवा भएका छन्। ब्यूरोमा जीवनकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन्। 

अनुरागलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। 

उनीहरुसँग सरुवा भएका अन्य एसएसपी भने पहिलेकै स्थानमा कायम छन्।

६ महिनामै किन सरुवा गरिएको हो भन्ने प्रश्नमा प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले भने, ‘सरुवा भनेको यति नै समयमा हुन्छ भन्ने नियम छैन। संगठनको आवश्यकता अनुसार हुने हो। समान अवसरका कुरा पनि होलान्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .