ad ad

समाज


आज मौसम कता कस्तो?

आज मौसम कता कस्तो?

फाइल तस्बिर : सर्लाहीकाे हरिवनस्थित पूर्वपश्चिम राजमार्ग


नेपालखबर
माघ १, २०७९ आइतबार ६:४७, काठमाडौँ

हाल (आइतबार बिहान) देशका प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइ क्षेत्रमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

बुलेटिनअनुसार राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श  पनि जारी गरेको छ। 

जसमा भनिएको छ : देशभर पहाडी तथा हिमाली धेरै भूभागमा र तराईका केही भूभागमा बादल लागेर तथा तराईका थोरै भूभागमा  बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

तापक्रम 
आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। यो तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .