ad ad

समाज


लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ जनामाथि कारबाही

लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ जनामाथि कारबाही

नेपालखबर
माघ ८, २०७९ आइतबार १४:३४, काठमाडौँ

ट्राफिक प्रहरीले लागुऔषध सेवन गरी सवारी साधन चलाउने ६ जना चालकमाथि कारबाही गरेको छ। 

काठमाडौंको ठमेलमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ती चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।  

नियन्त्रणमा आउनेहरूमा बा ९२ प १६ ९६ नम्बरको स्कुटर चालक कञ्चनपुर घर भएका विष्णु बहादुर विक, प्रदेश ३–०२–०१२ प ९६७१ नम्बरका मोटरसाइकल चालक काठमाडौंको असनका राजु श्रेष्ठ, बागमती प्रदेश ०२–०३९ प ७२ ८२ नम्बरका मोटरसाइकल चालक काठमाडौं बस्ने सुरेश बस्नेत,  बा ४७ प २० ७९ नम्बरका स्कुटर चालक काठमाडौंको क्षेत्रपाटीका रिजेन खड्गी, बा ८४ प ६४ २५ नम्बरका स्कुटर चालक टेकुका लुज महर्जन र बा ४९ प ५९ २२ नम्बरका स्कुटर चालक कैलालीको धनगढीका निशान भण्डारी रहेका छन्। 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० ओटा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालकलाई आज काठमाडौंको ठमेलबाट फेला पारेको हो। 

लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। 

मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी साधन नचलाउन सवारी चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन्।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टीएचसी किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .