पश्चिमी वायुको सामान्य प्रभावले यतिबेला (सोमबार बिहान) प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
मौसम महाशाखाको बुलेटिनअनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस क्रममा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना र तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु÷कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया