ad ad

समाज


चार दिनअघि हिरासत फोडेर थुनुवा भागे, अहिले इन्सपेक्टरको स-सम्मान बिदाइ

चार दिनअघि हिरासत फोडेर थुनुवा भागे, अहिले इन्सपेक्टरको स-सम्मान बिदाइ

नेपालखबर
माघ १९, २०७९ बिहिबार १३:४, जनकपुरधाम

गत सोमबार क्षिरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएका। 

हिरासतकक्षको भित्तोमा प्वाँल पारेर ६ जना थुनुवा फरार भएपछि प्रहरीको सुरक्षा व्यवस्थालाई उदांगो पारिदियो। 

इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको भूमिकामासमेत प्रश्न चिन्ह खडा भयो। 

थुनुवा फरार भएपछि विवादित बनेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर बेचन यादव त्यहाँबाट बिदा भइएका छन्। 

उनलाई त्यहाँस्थित नागरिक समाजले नै कार्यक्रम गरेर बिदाइ गरेको छ। 

थुनुवा फरार भएपछि विवादित बनेर शंकाको घेरामा रहेका यादवलाई नागरिक समाजले सम्मानसहित बिदा गरेको हो। 

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले थुनुवा फरार प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ। 

उक्त प्रहरी कार्यालयको नेतृत्व गरिरेहका यादवको भूमिकामाथि प्रश्न उठेर छानविन भइरहेको प्रहरी नायव उपरीक्षक दीपकबहादुर क्षेत्री बताउँछन्। 

यादवलाई ढल्केबरस्थित नेपाल प्रहरी विशेष सुरक्षागणमा तानिएको छ।

उनको स्थानमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मेवारी काठमाडौंको विशेष ब्युरो कार्यालयका इन्सपेक्टर दीपक कार्कीलाई दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .