ad ad

समाज


सन्दीप बन्द प्रशिक्षणमा फर्किएकै दिन थुनामा पठाउन माग गरिएको निवेदनमा सुनुवाइ हुँदै

सन्दीप बन्द प्रशिक्षणमा फर्किएकै दिन थुनामा पठाउन माग गरिएको निवेदनमा सुनुवाइ हुँदै

फाइल।


नेपालखबर
माघ २०, २०७९ शुक्रबार ७:५५, काठमाडौँ

जबरजस्तीकरणीको कसुरमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा फर्काउने मागसहित परेको रिटमा आज सर्वोच्च अदालतमा सनुवाइ हुने भएको छ। 

उच्च अदालत पाटनले २० लाख रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएपछि सन्दीप ९९ सय दिन थुनामा बसेर रिहा भएका थिए। तर महान्यायाधिवक्ताको कार्यालयले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नपर्ने मागथसहित सर्वोच्चमा निवेदन दिएपछि आज पेसी तोकिएको हो। 

उच्च अदालतको आदेशले छुटेका सन्दीप आजैबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किँदैछन्। यता सर्वोच्च अदालतमा भने उनले प्रशिक्षण थालेकै दिन थुनामा पठाउने मुद्दामा सुनुवाइ हुने भएको छ। 

नेपाल क्रिकेट संघ क्यानले बिहीबारमात्रै उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो। यसअघि माघ १७ गते पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवाको निर्णय गरेको थियो। 

जबरजस्तीकरणीको मुद्दामा असोज २० गते पक्राउ परेसँगै तत्कालिन कप्तान लामिछाने निलम्बनमा परेका थिए। 

आगामी फागुन २ देखि ९ सम्म कीर्तिपुरमा हुने त्रिदेशीय सिरिजमा सन्दीपलाई समेट्दै २० सदस्यीय टोली घोषणा गरिएको छ। त्रिदेशीय सिरिजमा नेपालसहित नामविया र स्कटल्याण्डबीच खेल हुनेछ। 

सन्दीप उच्च अदालतको आदेश पुस २९ गते रिहा भएका हुन्। त्यसअघि जिल्ला अदालत काठमाडौंले भने उनलाई पुर्पक्षका लागि थुनामाा पठाएको थियो। अब सर्वोच्चले उच्चको आदेश सदर गरे सन्दीपले क्रिकेट खेल्न पाउनेछन्। 

जिल्ला अदालतले झैं पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो भने उनलाई पुनः कारागार फर्काइनेछ। तर सर्वाेच्चले शुक्रबार भने उच्च अदालतकाे आदेशकाे कैफियत प्रतिवेदन झिकाउन मात्रै आदेश दिने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .