हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ।
दिउँसो प्रदेश नम्बर १ को पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : तराईका थोरै भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहुन हुन अनुरोध छ।
39
Shares
प्रतिक्रिया