ad ad

समाज


चन्द्र भण्डारीको ३० र आमाको ७० प्रतिशत शरीर जलेको छ : कीर्तिपुर अस्पताल

चन्द्र भण्डारीको ३० र आमाको ७० प्रतिशत शरीर जलेको छ : कीर्तिपुर अस्पताल

फाइल तस्बिर:चन्द्र भण्डारीका आमाछाेरा।


नेपालखबर
फागुन ४, २०७९ बिहिबार ९:३६, काठमाडौँ

ग्यास सिलिन्डर विस्फोट भएपछि घाइते भएका प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता चन्द्र भण्डारीको ३० प्रतिशत र आमा हरिकला भण्डारीको ७० प्रतिशत शरीर जलेको छ।

कीर्तिपुर बर्न अस्पतालका अनुसार भण्डारीको दुवै हाात र दुवै गोडामा गरी ३० प्रतिशत शरीर जलेको हो भने भने आमाको जीउका अधिकांश भाग जलेको हो। 

‘माननीयज्यूको अनुहार, दुबै हात र दुबै गोडाहरुमा गरी २५–३०% र आमाको जीउको अधिकांश भागमा गरी ७०% जलन भएको तथा दुबै जनाको स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएकोहुनसक्ने अत्यधिक सम्भावना देखिन्छ’, अस्पतालले भनेको छ।

घरमा ग्यास सिलिन्डर पड्किएपछि घाइते भएका उनीहरूलाई राति नै अस्पताल पुर्‍याइएको थियो। अवस्था चिन्ताजनक भएपछि उपचारका लागि भारत लाने तयारी अघि बढाइएको छ। 

कीर्तिपुर अस्पतालकी मेडिकल डिरेक्टर डा. निजिमा ताम्राकारले भारत लैजाने तयारी गरिएको बताइन्। 

अस्पतालका अनुसार प्रारम्भिक उपचार पश्चात आईसीयूमा राखेर उपचार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .