प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो शल्यक्रिया सुरु भएको छ।
अस्पतालले उनको शल्यक्रिया सुरु गरेको सँगै रहेका नेता योगराज कंडेलले जानकारी दिएका छन्।
उनले नेता भण्डारीलाई शल्यक्रियाका लागि अपरेसन थिएटरतर्फ लैजाँदै गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘आदरणीय चन्द्र भण्डारीज्यूको पछिल्लो अपडेट। भर्खरै पहिलो सर्जरीका लागि लाँदै गरेको अवस्था।’
काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोटपछि घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत् मुम्बई लगिएको थियो।
चिकित्सकका अनुसार भण्डारीको शुक्रबार दुईपटक शल्यक्रिया (सर्जरी) गर्ने तयारी भएको छ।
अस्पतालका डा. सुजिल केस्वानीले दिएको काउन्सिल अनुसार बिहान र दिउँसो गरी दुईपटक सर्जरी गर्ने तयारी छ।
Shares
प्रतिक्रिया