आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको छ।
सुरुआतमा बलिङ गर्ने निर्णय गरेको नामिबिया यो सिरिजमा पहिलो जितको खोजीमा छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल सुरु भएको छ।
स्कटल्याण्डले सुरुआतमा ब्याटिङ गरिरहेको छ।
पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्याण्ड र तेस्रो खेलमा पनि नेपालसँगै नामिबिया पराजित भएको थियो।
स्कटल्याण्ड भने नेपाल सिरिजमा यो तेस्रो खेलमा दोस्रो जित निकाल्न चाहान्छ।
नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला पाँच एकदिवसीय अन्तराष्ट्रिय खेलमा चार खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ।
27
Shares
प्रतिक्रिया