ad ad

समाज


विवादित ठेकेदार मनोज भेटवाल पक्राउ

विवादित ठेकेदार मनोज भेटवाल पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०७९ बुधबार १५:२५, काठमाडौँ

काठमाडौंको पुरानो बसापार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन्। 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार काठमाडौंबाटै पक्राउ गरेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको जानकारी दिएका छन्। 

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा यसअघि पनि उनी तानिएका थिए। 'क' वर्गका ठेकेदार भेटुवाललाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो। 

भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको यसअघि नै अनुसन्धानबाट खुलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .