ad ad

समाज


मगर दिवसमा निसीखोला गाउँपालिकामा सार्वजनिक बिदा

मगर दिवसमा निसीखोला गाउँपालिकामा सार्वजनिक बिदा

फाइल।


नेपालखबर
फागुन १५, २०७९ सोमबार ६:४२, काठमाडौँ

निसीखोला गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसका दिन सार्वजनिक बिदा दिएको छ।

गाउँकार्यपालिकाको निर्णयानुसार मगर दिवसमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले जानकारी दिए।

मगरहरुको बाहुल्यता रहेको निसीखोलामा यस वर्ष पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय भएको हो।

मगर समुदायले बारम्बार सार्वजनिक बिदाको माग गर्दै आएको र राष्ट्रिय दिवसका रुपमा यसलाई मनाउने थालिएको फागुन १५ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए।

‘पहिले सार्वजनिक बिदा दिइएको थिएन, मगर दिवसलाई भव्य रुपमा मनाउने गरिएको छ, यहाँ धेरै समुदायको बसोबास छ, हामीहरूले सबैको संस्कार संस्कृतिलाई समान रुपले हेर्नुपर्छ भन्ने लागेर सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ’, अध्यक्ष  घर्ती मगरले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .