क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने र महान्यायाधिवक्ता कार्यालयबाट दर्ता भएको मुद्दाको सुनुवाई आज हुँदैछ।
आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ नसकिएपछि आज पुनः सुनुवाइ हुन लागको हो।
बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दायर गरेको थियो।
आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा सन्दीपले पनि निवेदन दिएका छन्।
सन्दीपको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल र मुरारी सापकोटाले बहस गरेका थिए।
सोमबार सरोजकृष्ण घिमिरे, रमनकुमार श्रेष्ठ र रोशनी घिमिरेले बहस गर्ने तयारी छ।
उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्चमा पुगेका हुन्।
Shares
प्रतिक्रिया