चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ।
निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्ज प्रशासनले जनाएको छ।
दुई गैँडा एकापसमा जुधेर मरेको हुनसक्ने अनुसन्धानबाट खुलेको तिवारीले बताए। मृतक भाले गैँडाको खाग र खुर सुरक्षित छ।
चितवन राष्ट्रिय निकुञ्जमा बुधबार मरेको गैँडासँगै चालु आर्थिक वर्ष २०७९÷८० मा १३ वटा गैँडा मरिसकेका छन्।
मरेका गैँडामध्ये दुईवटा चोरीसिकारीका कारण मरेका निकुञ्ज प्रशासनले जनाएको छ । गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा छन्।
Shares
प्रतिक्रिया