ad ad

समाज


सिन्धुलीमा बस दुर्घटना : ब्रेक फेल भएपछि सुनकोशीमा झर्न नदिन चालकले भित्तामा ठोक्काए

मृतकको संख्या ६ पुग्यो, २० बढी घाइतेको उद्धार
सिन्धुलीमा बस दुर्घटना : ब्रेक फेल भएपछि सुनकोशीमा झर्न नदिन चालकले भित्तामा ठोक्काए

नेपालखबर
फागुन २८, २०७९ आइतबार १२:५१, काठमाडौँ

सिन्धुलीको फिक्कल गाउँपालिकास्थित कुइभीरमा आइतवार एउटा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको उक्त बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा अन्य २४ जनाभन्दा धेरै घाइते भएका छन्। 

प्रत्यक्षदर्शीका अनुसार ब्रेक फेल भएको बसलाई चालकले सुनकोशीमा खस्न नदिन भित्तातिर लगेर ठोक्काएका थिए। 

कोसीमा झर्नबाट जोगाउन भित्तामा ठोक्काउँदा बस कच्याकुचुक भएको छ। दुर्घटनापछि तत्कालै बसमा थिचिएका पाँचजनको शव निकालिएको छ। अन्य एकजनाको शव बसले किचेकै ठाउँमा छ। 

अहिले डोजर झिकाएर बसमुनिबाट शव निकाल्न लागिएको छ। घटनास्थलबाट २० जनाभन्दा बढी घाइतेलाई उद्दारपछि उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

काठमाडौं पठाइएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। अहिलेसम्म मृतकहरुको पनि सनाखत भइसकेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .