नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थप तीन जनाको बयान सकेको हो।
इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान सकिएको हो।
राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ थिए भने केसी पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव थिए।
यसअघि पाँच जनाको बयास सकिइसकेको छ।
प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। बयान सकेपछि मात्रै थुनछेक बयान हुनेछ।
81
Shares
प्रतिक्रिया