ad ad

समाज


तापक्रम बढेको बढ्यै छ, होसियार हुनूस् : मौसम महाशाखा (विशेष बुलेटिनसहित)

तापक्रम बढेको बढ्यै छ, होसियार हुनूस् : मौसम महाशाखा (विशेष बुलेटिनसहित)

जल तथा मौसम विज्ञान विभाग


नेपालखबर
जेठ २४, २०८० बुधबार १९:१०, काठमाडौँ

देशका अधिकांश स्थानमा दिनप्रतिदिन तापक्रम बढ्दो क्रममा रहेकाले अत्यधिक गर्मीबाट स्वास्थ्यमा असर पर्न सक्ने जानकारी दिँदै होसियारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

बढ्दो तापक्रम सम्बन्धमा दोस्रोपटक बुधबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले केही दिनदेखि देशका अधिकांश भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको हो। काठमाडौंलगायत देशका अन्य उपत्यकामा समेत तापक्रम क्रमिक वृद्धि भइरहेको र तराईमा त अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी देखिएको बुलेटिनमा उल्लेख गरिएको छ। 

‘तसर्थ देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु (Heat wave)  को सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, महाशाखाको विशेष बुलेटिनमा भनिएको छ, ‘साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन हुन अनुरोध छ।’

तातो हावा तथा लुबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तीर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने जानकारी पनि महाशाखाले दिएको छ। 

यसैले यसबाट बच्न महाशाखाले निम्न सुझाव दिएको छ :

तातो हावा तथा लुबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने।  

हेर्नुहोस् महाशाखाले जारी गरेको विशेष बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .