ad ad

समाज


बाढीपहिरोले व्यापक जनधन क्षति भएको कोशी प्रदेशमा आज पनि ‘भारी वर्षा’को सम्भावना

बाढीपहिरोले व्यापक जनधन क्षति भएको कोशी प्रदेशमा आज पनि ‘भारी वर्षा’को सम्भावना

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १०:३१, काठमाडौँ

गएराति अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले व्यापक क्षति गरेको कोशी प्रदेशमा आज (आइतबार) पनि ‘भारी वर्षा’को सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ र संखुवासभामा गरी बाढी र पहिरोका कारण अहिलेसम्म २६ जना बेपत्ता भएका छन् भने एकजनाको शव भेटिएको छ। पुल, घरलगायत भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो तथा राति कोशी प्रदेशका एक÷दुई ठाउँमा भारी वर्षा हुने सम्भावना देखिएको हो। मौसमविद्का अनुुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा माथि र सय मिलिमिटरभन्दा तल पानी पर्नुलाई भारी वर्षा भनिन्छ। 

‘ठ्याक्कै यो ठाउँमा भारी वर्षा हुन्छ भनेर तोक्न त गाह्रो छ’, उनले भने, ‘जे होस् बाढीपहिरोले जनधन क्षति भएका पाँचथर र ताप्लेजुङमा पनि वर्षा हुने सम्भावना चाहिँ छ, मात्रा कस्तो हुन्छ भनेर किटान गर्नचाहिँ कठिन हुन्छ।’ 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .