ad ad

समाज


मकवानपुरमा कार दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

मकवानपुरमा कार दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार १८:२२, काठमाडौँ

मकवानपुरमा सवारी दुर्घटना भएको छ। जिल्लाको कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ गंगटेमा कार दुर्घटनामा चालकको मृत्यु भएको छ।

दुर्घटनामा परी कार चालक हेटौंडा-३ बसामाडीका ३० वर्षीय बिबेक लामाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए।

कारमा सवार मकवानापुरको भिमफेदी गाउँपालिका–५ का ४५ बर्षीय राजकुमार बल घाइते भएका छन्।

मंगलबार दिउँसो समयमा बि सि ए ०५३७ नम्बरको कार आफैं अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको थियो।

दुर्घटनामा बलको छातीमा चोट लागेको र बोल्न सक्ने अवस्थामा दुर्घटनास्थलबाट उद्दार गरी उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .