ad ad

समाज


गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ घाइते

बेहुला–बेहुली अर्कै गाडीमा भएकाले बाँच्न सफल
गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ घाइते

दुर्घटनास्थल


नेपालखबर
असार ८, २०८० शुक्रबार ७:४५, काठमाडौँ

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। 

गोरखा जिल्ला प्रहरी कार्यालयले नेपालखबरलाई दिएको जानकारीअनुसार जिल्लाकै सहिद लखन गाउँपालिका–३ सिलिङमा आइतबार बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खसेको हो। सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा जन्ती सवार जिप दुर्घटनामा परेको हो। 

दुर्घटनामा मृत्यु भएका ५ जनाको यो खबर लेख्दासम्म पहिचान भएको छैन। दुर्घटनामा घाइते १२ जनालाई उद्धार गरी उपचारमा लाने क्रम चलिरहेको प्रहरीले जानकारी दियो। 

दुर्घटनास्थलमा सुरक्षाकर्मी

बेहुला-बेहुली भने अर्कै गाडीमा भएकाले दुर्घटनामा नपरेको पनि प्रहरीले जानकारी दियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .