ad ad

समाज


सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर मृत भेटिए

दुर्घटनामा परेको प्रहरीको भनाइ
सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर मृत भेटिए

नेपालखबर
साउन १०, २०८० बुधबार ११:२३, काठमाडौँ

राष्ट्रिय अनुसन्धान विभागका एकजना अनुसन्धान अधिकृत (इन्स्पेक्टर) मृत भेटिएका छन्। प्रहरीले उनको शव सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा भेट्टाएको हो। 

सर्लाही प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय वसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्डअन्तर्गत खोरिया टोलनजिकैको कल्भर्टमुनि बुधबार बिहान मृत भेटिएका हुन्।

घटनास्थलमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय साहको मृत्यु भएको पुष्टि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले गरे।

साह राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत थिए। मंगलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा उनी दुर्घटनामा परेको अनुमान गरिएको छ।

घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए।

साह कार्यालयबाट मंगलबार साँझ ६ बजेर ४५ मिनेटमा निस्किएका थिए। उनले राति पौने १० बजे परिवारलाई सम्पर्क गरेर केहीबेरमा खान खान आइपुग्ने बताएका थिए। 

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .