ad ad

समाज


कर्णालीका हिमाली जिल्लामा नियमित हवाई सेवा दिन माग

कर्णालीका हिमाली जिल्लामा नियमित हवाई सेवा दिन माग

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार १४:७, सुर्खेत

कर्णालीका हिमाली तथा दुर्गम पहाडी जिल्लामा नियमित हवाई सेवा सुचारु गरिदिन प्रदेश सरकारले संघीय सरकारसँग गुहार मागेको छ। 

कर्णालीकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै गुहार मागेको हाे।

नेपाल नागरिक उड्ययन प्राधिकरणले साउन १२ गते हवाई दुर्घटनाको जोखिम न्यूनीकरण गर्न भन्दै विशेष गरी दुर्गमका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यावसायिक/चार्टर उडान गर्न नपाइने नियम लागु गरेकाे छ। 

उक्त निर्णयले कर्णालीका हुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाका नागरिकहरु मारमा परेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथातावरण मन्त्रालयले संघीय सरकारलाई नियमित हवाई सेवाका लागि पहल गरिदिन अनुरोध गरेको हो। 

कर्णालीका अधिकांश हिमाली तथा पहाडी दुर्गम जिल्लाहरुमा भरपर्दो सडक सञ्जाल छैन।

वर्षाको समयमा सडक अवरुद्ध भइरहँदा यातायातको प्रमुख साधन हवाई उडान नै भएकोले अत्यावश्यक तथा आकस्मिक खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा प्रवाह, प्राकृतिक प्रकोपपीडितको उद्धार लगायत सेवा उपलब्ध गराउन कठिनाई भइरहेको मन्त्रालयले जनाएको छ।
  
प्राधिकरणको साउन १२ गतेको निर्णयले पर्यटन व्यवसायमा समेत प्रतिकूल प्रभाव परेको पत्रमा उल्लेख छ। 

अपरेशन आवरको समयभन्दा अघिपछि विशेष गरी जुलाई, अगस्ट र सेप्टेम्बर सम्मको अवधिमा अतिरिक्त समयमा उडान सञ्चालन गर्न अनुमित नदिने निर्णयले कर्णालीका जनताको दैनिक जीवनयापनमा कष्टकर हुँदै गएको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयले प्राधिकरणको निर्णय उपर विचार गरी मौसमको अनुकुलताका आधारमा नियमित हवाई सेवा सुचारुका लागि पहल गरिदिन प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .