सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बिहीबार पनि आदेश नहुने भएको छ।
बिहीबार अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासमा पेशी तोकिएर सुनुवाई अगाडि बढेपनि सन्दीपका वकिलले थप प्रमाण मगाउन माग गरेका हुन्।
यसअघि सन्दीप लामिछानेले अदालतमा पेश गरेका कागजात कहाँबाट ल्याइएको भन्दै प्रश्न गरेका थिए। सन्दीपले आफ्ना शुभेच्छुकले दिएको जवाफ दिएका थिए।
तर ती कागजातका अभिलेख सम्बन्धित वडा कार्यालयमा रहेको भन्दै कार्यालयबाट जन्मदर्ता र बसाइसराइका अभिलेख मगाउन आदेश दिएको हो।
यसअघि सन्दीपले आरोप लगाउने किशोरी नाबालिग नभएको कागजात अदालतमा पेश गरेका थिए।
195
Shares
प्रतिक्रिया