राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राप्रपा पार्टी एकतावद्ध भएको बताएका छन्।
बिहीबार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षित कुराकानी गर्दै सांसद जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट रहेको बताएका हुन्। उनले राप्रपा एकतावद्ध रहेको भन्दै यसमा कुनै शंका गर्नु नहुने पनि बताए।
‘कानुन, बहुदलीय प्रजातन्त्र सबैले मान्नुपर्छ यो राप्रपाको मान्यता हो। पार्टी एकजुट छ। राप्रपा, राप्रपा छ। एकतावद्ध छ। यसमा कुनै शंकै छैन,’ उनले भने।
उनले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरिएकोप्रति निन्दा गरे।
आक्रमणकारी अपराधी भएको उनको भनाइ छ।
21
Shares
प्रतिक्रिया