ad ad

समाज


सर्लाहीको व्यस्त सडकमा फेला पर्‍यो गोली लोड गरेको पेस्तोल

सर्लाहीको व्यस्त सडकमा फेला पर्‍यो गोली लोड गरेको पेस्तोल

फाइल तस्बिर


नेपालखबर
असोज २, २०८० मंगलबार ५:३९, सर्लाही

सर्लाहीको बयलबास बजारको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ। 

सोमबार दिउँसो ईश्वरपुर नगरपालिका-६ बयलबास बजारस्थित सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

‘सडकमा पेस्तोल जस्तो हतियार देखिएको भन्दै स्थानीय जितन साहले हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत रहेका डीएसपी कैलाश राईले नेपालखबरसँग भने, ‘प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठको कमाण्डमा गएको प्रहरी टोलीले पेस्तोल लिएर आएको छ। एउटा गोली लोड गरिएको चालु अवस्थाको पेस्तोल छ।’

कसैले आपराधिक घटना घटाउने उद्देश्यले गोली लोड गरेको पेस्तोल बोकेर हिँडेको र प्रहरीलाई देखेपछि फालेको हुन सक्ने अनुमान डीएसपी राईले गरे। 

उनले यस विषयमा थप अनुसन्धान जारी रहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .