ad ad

समाज


ओखलढुंगामा ‘मर्निङ वाक’मा निस्किएका व्यक्तिको भीरबाट लडेर मृत्यु

ओखलढुंगामा ‘मर्निङ वाक’मा निस्किएका व्यक्तिको भीरबाट लडेर मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०८० शनिबार ९:९, ओखलढुंगा

ओखलढुंगामा ‘मर्निङ वाक’मा निस्किएका एक व्यक्तिको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको छ।

सिद्धिचरण नगरपालिका वडा नम्बर ४ घर भएका ४८ वर्षीय प्रल्हाद क्षेत्रीको शुक्रबार घर नजिकैको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

मर्निङ वाकमा गएको बेला उनी ढिक भिरबाट लडेका थिए।  घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .