ad ad

समाज


मध्यराति मादक पदार्थ खाएर होहल्ला गरेपछि सात जना पक्राउ

मध्यराति मादक पदार्थ खाएर होहल्ला गरेपछि सात जना पक्राउ

नेपालखबर
असोज १४, २०८० आइतबार ८:३४, राैतहट

मध्यराति मादक पदार्थ खाएर होहल्ला गर्ने सात जनालाई रौतहट प्रहरीले होटलबाट पक्राउ गरेको छ। 

सदरमुकाम गौरमा रहेको होटल सिया प्यालेसबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर केसीले जानकारी दिए।

‘मादक पदार्थ खाएर होहल्ला गरेपछि शनिबार राति १२ बजे हामीले उनीहरुलाई नियन्त्रणमा लिएका हौँ,’ डीएसपी केसीले नेपालखबरसँग भने, ‘होटलका साहुलाईसमेत आज हामीले छलफलका लागि बोलाएका छौँ। छलफलपछि उनीहरुमाथि के कारबाही गर्ने टुंगो हुन्छ।’

पक्राउ परेका सबै पुरुष हुन्। स्थानीयबासीले होटल सिया प्यालेसमा अवैध यौन गतिविधिसमेत हुँदै आएको गुनासो गरेका छन्। डीएसपी केसीले भने अहिले पक्राउ परेकाहरुले मादक पदार्थ खाएर होहल्ला मात्रै गरेको दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .