चीनको हाङजाओमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई २१३ रनको चुनौती दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन बनाएको हो।
कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले माल्दिभ्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो।
रोहितले २७ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाएर रनआउट भए। कुशल मल्लले २० बलमा ४७ रनको नटआउट पारी खेले।
उनले ३ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ३५, कुशल भुर्तेतले ३५, विनोद भण्डारी १३, आशिफ शेखले ६, सन्दिप जोराले ५ रन जोड्दा दिपेन्द्र सिंह ऐरी ६ रनमा क्याचआउट हुन पुगे। सोमपाल कामी १ रनमा नटआउट रहे।
माल्दिभ्सका लागि नजवान स्माइलले ३ विकेट लिँदा नासिर नाइल इस्माइल, मोहमद मिउभान र थोलाल मोहमद रायाले समान एक एक विकेट हात पारे।
माल्दिभ्सले जवाफी ब्याटिङ सुरु गरेको छ।
Shares
प्रतिक्रिया