ad ad

समाज


३२ वटा जिपले पाए चितवन राष्ट्रिय निकुञ्जमा सफारी अनुमति

३२ वटा जिपले पाए चितवन राष्ट्रिय निकुञ्जमा सफारी अनुमति

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार १०:५९, काठमाडौँ

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ। सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन्।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले मंगलबारदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको जानकारी दिए। 

अब क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि सफारी खुला गर्ने तयारी निकुञ्जले गरेको छ।

निकुञ्जभित्रको सडक मर्मतसँगै कसरा, मेघौली, अमलटारी, कुजौली र माडीबाट प्रवेश गर्ने जीपका लागि अनुमति दिने उनको भनाइ छ।

गत वर्षकसराबाट १६, मेघोलीबाट नौ, अमलटारीबाट पाँच, कुजौलीबाट दुई र माडीबाट एउटा जीपले अनुमति पाएका थिए । वर्षात्सँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भर्ट’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी बन्द गरिएको थियो।
 

सूचना अधिकारी तिवारीले चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जीप सफारी हुने गरेको बताए। 

यसका अतिरिक्त मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, निकुञ्जमा पैदलयात्रा, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि यहाँ हुन्छन्। निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ पर्यटकको रोजाइमा पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .