ad ad

समाज


खानेपानीमा लार्भा भेटिएपछि काठमाडौंको पशुपति पानी उद्योगलाई १ लाख जरिवाना

खानेपानीमा लार्भा भेटिएपछि काठमाडौंको पशुपति पानी उद्योगलाई १ लाख जरिवाना

नेपालखबर
असोज २६, २०८० शुक्रबार ६:२५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले बुढानिलकण्ठमा रहेको पशुपति पानी उद्योगलाई एक लाख रुपैयाँ जरिबाना गरेको छ। 

पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै महानगरले उद्योगलाई १ लाख जरिवाना गरेको महानगरका अनुगमन निरीक्षक डा.अवधेश झाले जानकारी दिए।

पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको झाले बताए। 

ग्राहकले खरिद गरेको पानीको जारमा लामखुट्टेका लार्भा भेटिएपछि उपभोक्ताले महानगरलाई जानकारी गराएका थिए। 

महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ। रासस

काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख रुपैयाँ जरिवाना गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .