ad ad

राजनीति


आजदेखि काठमाडौंमा आइक्यापको बैठक, विश्वका २६ राजनीतिक दलका नेता सहभागी हुने


नेपालखबर
असोज २६, २०८० शुक्रबार ७:४२, काठमाडौँ

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठक आज (शुक्रबार) देखि काठमाडौँमा सुरु हुँदैछ।

आजदेखि २८ असोजसम्म हुने बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच छलफल हुने कार्यक्रम छ। 

त्योसँगै समसामयिक विषयमा पनि  छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष  एवं आइक्यापका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले जानकारी दिए।

बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेवनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० भन्दा बढीको सहभागिता रहनेछ।

नेकपा (एमाले) का परराष्ट्र मामिला विभागका प्रमुखसमेत रहेका भट्टराईले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

उनले बैठकमा सहभागी हुन विभिन्न देशबाट अतिथि आइसेको बताए। काठमाडौंको गोकर्णमा आयोजना गरिने बैठकको उद्घाटन सत्रलाई पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही असोज २७ गते सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .