नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले नागरिकको अपेक्षाअनुसार मुलुकलाई समृद्ध र समुन्नत बनाउन आवश्यक रहेको बताएका छन्।
बडादशैंको शुभकामना दिँदै कोइरालाले दसैँ जस्ता महान् पर्वले नेपाल र नेपालीमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभाव सहितको आत्मियतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
कोइरालाद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नागरिकको अपेक्षातराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन दसैँजस्ता महान पर्वले आशिर्वाद दिने विश्वास गर्दै सबै नेपालीमा सुख शान्ति र समृद्धिको कामना गर्दछु।’
15
Shares
प्रतिक्रिया