प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक आह्वान गरेका छन्।
बैठकमा सहभागिताको लागि उपप्रधानमन्त्रीहरु, सबै मन्त्रालयका मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायतलाई खबर गरिएको छ।
आज आइतबार बिहान ९ : ३० मा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बस्ने उक्त बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
21
Shares
प्रतिक्रिया