शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडकको अवरोध हटाइएको छ।
सडक डिभिजन चौरजहारी र भेरी करिडोरका सडकको अवरोध हटाएपछि ती सडकमा गाडी चल्न थालेका हुन्। भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ।
त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडककोसमेत अवरोध हटाएको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ।
राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले जानकारी दिए।
राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ। रासस
15
Shares
प्रतिक्रिया