ad ad

ग्लोबल


वायु प्रदूषण उच्च भएपछि नयाँ दिल्लीले लगायो खेलकुद कार्यक्रममा प्रतिबन्ध

वायु प्रदूषण उच्च भएपछि नयाँ दिल्लीले लगायो खेलकुद कार्यक्रममा प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार ११:५,

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगाएको छ।

वायु प्रदूषणको अनुगमन गर्ने संस्थानको सिस्टम अफ एयर क्वालिटी एण्ड वेदर फोरकास्टिङ एण्ड रिसर्च (एसएएफएआर) का अनुसार शुक्रबार दिल्लीको समग्र एक्यूआई ५०४ मा रेकर्ड गरिएको थियो।

जुन गम्भीर प्लस श्रेणीमा परेको थियो। यो हावाको उच्च सतर्कता स्तर हो।

एसएएफएआरले घर बाहिर निस्केर शारीरिक गतिविधि नगर्न, प्रदूषण विरोधी मास्क लगाउन, काठ, मैनबत्ती वा धुप बाल्नबाट जोगिन र घर/कोठा सफा गर्न आग्रह गरेको छ।
दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ।

दिल्लीका अधिकारीहरूले बढ्दो प्रदूषणको मुख्य कारक छिमेकी राज्य पञ्जाव र हरियाणामा पराल जलाउनु रहेको बताएका छन्। -सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .