देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पका घाइतेमध्ये २ सय ८३ जना डिस्चार्ज भएका छन्।
आज दिउँसो १२ बजेसम्मको विवरणअनुसार अब ८९ जना घाइते उपचारमा रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। तीमध्ये ट्रमासेन्टर (काठमाडौँ) मा १ जना, त्रिवि शिक्षण (टिचिङ) (महाराजगन्ज) मा १० जना, भेरी अस्पताल (नेपालगन्ज) मा ४५ जना, प्रदेश अस्पताल (सुर्खेत) मा २१ जना र जाजरकोट जिल्ला अस्पतालमा १२ जना उपचाररत छन्।
घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर, ४२ जनाको अवस्था मध्यम र ३९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
जाजरकोट भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने करोडौँ मूल्य बराबरको भौतिक संरचना क्षति भएको छ।
54
Shares
प्रतिक्रिया