काभ्रेमा प्रहरीले झण्डै ३५ सय बोट गाँजा फँडानी गरेर नस्ट गरेको छ।
काभ्रेको बेथानचोक गाउँपालिका- ४ स्थित पन्चेडाँडा, चलाल गणेशस्थान, सिमपानी लगायतका सडकको दाँया बायाँ उम्रिएका गाँजा प्रहरीले फँडानी गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक कमलजंग थापाको कमाण्डमा गएको २५ जनाको टोली र सशस्त्र प्रहरीको टोलीले गाँजा नस्ट गरेको हो।
24
Shares
प्रतिक्रिया