ad ad

समाज


जिप दुर्घटना अपडेट : मृतक ६ मध्ये ४ जनाको परिचय खुल्यो

जिप दुर्घटना अपडेट : मृतक ६ मध्ये ४ जनाको परिचय खुल्यो

दुर्घटनामा परेको जिप


रासस
कात्तिक २६, २०८० आइतबार १४:४४, मध्यबिन्दु (नवलपरासी)

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जिप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा जिप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिश्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए। 

मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन। जिपमा सातजना सवार थिए।

दुर्घटनामा घाइते भएका मध्यबिन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .