वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाल्पाको रिब्दिकोट नगरपालिका–४ घर भई हाल काठमाडौंको बसुन्धारा बस्ने वर्ष ३३ को चक्र पोखरेल रहेका छन्।
प्रहरीका अनुसार पोखरेलले दिपेश तामाङलाई वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ लाग्छ कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु ६० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाएका थिए।
पीडितलाई प्रलोभनमा पारी उनले पटकपटक गरी एक लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरेलको खोजतलास गर्ने क्रममा मंसिर ८ गते बसुन्धराबाट पक्राउ गरेको हो।
थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया