झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन्।
कमल-४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउ (धारिलो हतियार)ले टाउकोमा हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।
आज बिहान ६ः३० बजे छोराले दाउले प्रहार गर्दा बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ। हत्या गरेर भागेका आशिषलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको छ।
कमल-४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए।
मृतक तामाङको शव कानूनि प्रकृया पूरागरी परिक्षणको लागि दमक अस्पताल पठाएको छ।
घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको छ।
Shares
प्रतिक्रिया