सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ६ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपापालिका ९ लुभु बस्ने वर्ष ४६ की भवानी बोहरा ठगी आरोपमा पक्राउ परेकी छन्।
उनले बाबुराम कार्कीलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट रकम लिएकी थिइन्।
पीडितबाट पटकपटक गरी जम्मा दुई लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भनि वैदेशिक रोजगार विभागमा निवेदन दिएकोमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
भवानीको खोजतलास गर्ने क्रममा शुक्रबार ललितपुर लुभुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया