ad ad

समाज


रुपन्देहीमा स्कुल बसको ठक्करले २ जनाको मृत्यु, आक्रोशित स्थानीयले जलाए बस

रुपन्देहीमा स्कुल बसको ठक्करले २ जनाको मृत्यु, आक्रोशित स्थानीयले जलाए बस

ठक्कर दिने बसमा स्थानीयले आगो लगाएपछि


नेपालखबर
मंसिर १६, २०८० शनिबार ११:१८, काठमाडौँ

रुपन्देहीमा आज (शनिबार) बिहान स्कुल बसको ठक्करबाट २ जनाको मत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। 

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडकखण्डमा बिहान सूर्यपुरा ३ सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ कै २१ वर्षीय मोहम्मद इर्साद र १६ वर्षीया रुबिना खातुनको मृत्यु भएको हो। यसैगरी दुर्घटनामा स्थानीय १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन्।

उनको अहिले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनापछि बस चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .