नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्नका लागि भारतीय आधारकार्ड दिने गरिएको पाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो खुलेको हो।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भइ हाल काठमाडौंको बूढानीलकण्ठ–१ बस्ने वर्ष ४७ को गोबिन्द खड्का, ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ८ रातोमाटे घर भइ हाल ललितपुरको सातदोबाटो नखिपोट बस्ने वर्ष ३९ को नविन राई र रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका २१ कोटिहवा बस्ने वर्ष २५ को बिनोद न्यौपाने रहेका छन्।
उपत्यकाभित्र भएका क्यासिनोहरूमा हुने विभिन्न कृयाकलापहरु माथि सुक्ष्म रुपमा निगरानी गर्दा दोलखाका गोबिन्द खड्काले उपत्यका भित्र भएका क्यासिनो प्रवेश गराई खेलाउने प्रयोजनको लागि नेपाली नागरिकको भारतीय कागजात बनाई दिने गरेको खुलेको थियो।
सो कार्यमा संलग्न ३ जनालाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
Shares
प्रतिक्रिया