भक्तपुरको चाँगुनारायणमा इनारमा डुबेर मृत्यु भएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
चागुँनारायण नगरपालिका-९ ताथलीस्थित राममन्दिर नजिकै घर भएका ५२ वर्षीय राम खड्काको शव आफ्नै घर नजिकैको इनारमा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
खड्काका छोरा कञ्चनका अनुसार मंगलबार बिहान आफ्नै घरमा चिया खाएर बाहिर निस्केपछि उनी बेपत्ता भएका थिए।
खोजी गर्ने क्रममा मंगलबार दिउँसो आफ्नै घर नजिकैको अन्दाजी २५ फिट गहिरो इनारभित्र खड्का मृत अवस्थामा फेला परेका हुन्।
आफन्तले खबर गरेपछि प्रहरी वृत जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ।
उनको शव पोष्टमार्टको लागि अस्पताल लगिएको र घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
192
Shares
प्रतिक्रिया