बाँकेमा कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा सञ्चालकको मृत्यु भएको छ।
गएराति आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर राप्तीसोनारी गाउँपालिका-६ सिद्धनवा बस्ने ३६ वर्षीय कृष्ण बहादुर थारूको मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
90
Shares
प्रतिक्रिया