ad ad

समाज


सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने महानगरको निर्णय अदालतले रोक्यो

सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने महानगरको निर्णय अदालतले रोक्यो

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १६:१३, काठमाडौँ

उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ।

न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले महानगरका नाममा अन्तरिम आदेश जारी गरेको हो।

श्रीराम टोबाको उद्योगसहित सुर्तीजन्य पदार्थसम्बन्धी व्यवसायीका पक्षबाट गत मंसिर २६ गते यो रिट दायर गरिएको थियो।

काठमाडौं महानगरपालिकाले जारी गरेको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ। 

महानगरपालिकाले यो व्यवस्था मंसिर २८ देखि कार्यान्वयनमा ल्याएको थियो।

महानगर प्रहरीले यसको अनुगमन गरिरहेको थियो। सुर्ती, खैनी, गुट्खा, पानपरागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री–वितरण गरेको पाइए नगर प्रहरीले त्यस्ता सामान बरामद गर्न थालेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .