ad ad

समाज


आजको मौसम पूर्वानुमान : हुस्सु र कुहिरोले तराईमा सडक र हवाई यातायात प्रभावित हुने

आजको मौसम पूर्वानुमान : हुस्सु र कुहिरोले तराईमा सडक र हवाई यातायात प्रभावित हुने

नेपालखबर
पुस २८, २०८० शनिबार ६:३१, काठमाडौँ

तराईका अधिकांश स्थानमा यतिबेला (शनिबार बिहान) हुस्सु र कुहिरो लागेको छ। जसले चिसो बढ्नुका साथै नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि हुस्सु र कुहिरोको कारण तराई मधेशका क्षेत्रमा सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका अधिकांश स्थानमा बिहानैबाट हुस्सु र कुहिरो लागेको छ।

आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति गण्डकी प्रदेशमा आंशिक बदली रहने र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने अनुमान महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .